Skip to content
Prabhu

आइएमई रेमिट्यान्सले जिएमई रेमिट्यान्सलाई गाभ्ने, साउन ३० देखि एकीकृत कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजेशनमा रेकर्ड राखेका चन्द्र ढकालले रेमिट्यान्स कम्पनी पनि गाभ्ने भएका छन् ।

ढकाल अध्यक्ष रहेको सबैभन्दा बढी रेमिट्यान्स भित्राउने आइएमई लिमिटेडले जिएमई रेमिट्यान्स प्रालिलाई गाभ्ने भएको हो ।

२०८१ साल जेठ ९ गते आइएमईको विशेष साधारणसभाले जिएमई रेमिट्यान्सलाई गाभ्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले एकीकृत कारोबारलाई अन्तिम स्वीकृति दिएको हो ।

सन् २००१ मा चन्द्र ढकाल र उनका भाई हेमराज ढकालले विदेशबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउनको लागि आइएमईको स्थापना गरेका थिए ।

आइएमईले अहिले वार्षिक २ खर्बभन्दा बढी रकम रेमिट्यान्स नेपाल भित्राउदै आएको छ । जेएमई रेमिट्यान्स जापान र कोरियामा रेमिट्यान्स कारोबार गर्नको लागि खोलिएको संस्था हो । कम्पनीको अध्यक्ष अर्जुन शर्मा पौडेल हुन् भने प्रवन्ध निर्देशक दिवाकर पौडेल प्रवन्ध निर्देशक हुन् । जिएमई पनि रेमिट्यान्स बढी भित्राउने कम्पनीमा उकृष्ट १० भित्र पर्ने कम्पनी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal