Skip to content
Prabhu

मासिक २० हजार उडान भर्दै चिनियाँ एयरलाइन्स, कुन चिनियाँ एयरलाइन्सले बोक्छ सबैभन्दा धेरै यात्रु ?

एजेन्सी । चीनको एयरलान्यस उद्योगमा हरेक वर्षको परम्परागत गर्मीको मौसम सुरु हुन्छ । अर्थात् जुलाई र अगस्टमा एयरलाइन्स, एयरपोर्ट, नियामक, र हवाई ट्राफिक नियन्त्रण युनिटमा यात्रुको अत्यधिक चापले गर्मी सुरु हुन्छ । यस समयमा चीनको नागरिक उड्डयनमा कुल यात्री संख्याले वार्षिक मागको २० प्रतिशतभन्दा बढी पुग्छ ।
दुई हप्ताअघि, जुलाई १२ मा चीनको नागरिक उड्डयन प्रशासनले आफ्नो मासिक पत्रकार सम्मेलनमा सन् २०२४ को गर्मीको उच्च सिजन जुलाई १ मा सुरु भएको हो र अगस्ट ३१ मा समाप्त हुनेछ । जसको अवधि ६२ दिनको हुनेछ । यस समयमा कुल हवाई यात्री संख्या १३३ मिलियन पुग्ने अपेक्षा गरिएको छ । जुन दैनिक २१ लाख ५० हजार यात्रु हुन्छ । यो सन् २०१९ का तुलनामा १० प्रतिशत र सन् २०२३ को तुलनामा पाँच प्रतिशतले बढी हो ।
अगष्टमात्रै यी कम्पनीले बोक्नेछन् २० हजारभन्दा यात्रु
अगस्टमा मात्रै २० हजारभन्दा बढी उडान गर्ने एयरलाइन्स
चाइना साउथर्न एयरलाइन्स  
चाइना साउथर्न एयरलाइन्सले आगामी अगस्टमा चीनमा ७० हजार ४४६ आन्तरिक उडानको प्रस्ताव गर्ने योजना बनाएको छ । जसले १२ करोड ४४ लाख तीन सय ३८ सिट र १० अर्ब ९७ करोड ६८ लाख ७९ हजार ९७ उपलब्ध सिट माइल उपलब्ध हुनेछ । एयरलाइन्सका अनुसार, समूहले जुलाई १ देखि अगस्ट ३१ सम्म लगभग २० हजार उडान सञ्चालन गर्ने योजना बनाएको छ । जसको औसत तीन हजार तीन सय उडान प्रतिदिन हुनेछ । गर्मीको छुट्टीको समयमा, चाइना साउथर्न एयरलाइन्सले एक सयभन्दा बढी रुटमा थप उडानका लागि तालिका बनाउने योजना बनाएको छ । जसमा १४ हजारभन्दा बढी थप उडानहरू समावेश छन् ।
चाइना इस्टर्न एयरलाइन्स 
चाइना इस्टर्न एयरलाइन्सले आगामी अगस्टमा चीनमा ६९ हजार ५१८ आन्तरिक उडानको प्रस्ताव गर्ने योजना बनाएको छ । जसबाट एक करोड १३  लाख  ५४ हजार ६८२ सिट उपलब्ध हुनेछ । गर्मीको उच्च मौसमको उडान योजनामा, एयरलाइन्सले प्रतिदिन तीन हजार २१३ यात्रु उडान सञ्चालन गर्ने योजना बनाएको छ । जुन सन् २०१९ को सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । चाइना इस्टर्न एयरलाइन्सले गर्मीको उच्च सिजनमा लोकप्रिय गन्तव्यहरूमा नयाँ उडानहरू थप्ने योजना बनाएको छ ।
एयर चाइना  
एयर चाइना आगामी अगस्टमा चीनमा ४९ हजार ३२३ आन्तरिक  उडानहरू प्रस्ताव गर्ने योजना बनाएको छ । जसबाट ८८ लाख ६३ हजार ३४२ सिट उपलब्ध हुनेछ । एयर चाइनाले अन्तर्राष्ट्रिय मार्गमा पनि क्षमता बढाइरहेको छ  भने घरेलु रूपमा पनि प्रमुख गन्तव्यमा उडान थपको योजना बनाएको छ ।
अन्य प्रमुख एयरलाइन्स कम्पनी 
चौथोदेखि छैटौं स्थानसम्मका हाइनान एयरलाइन्स, शेन्जेन एयरलाइन्स, र सिचुआन एयरलाइन्सले क्रमशः २४ हजार ८५०, २३ हजार ८२३ र २१ हजार ७९२ घरेलु उडानको योजना बनाएका छन् । चाइना साउथर्न एयरलाइन्स र चाइना इस्टर्न एयरलाइन्सले अगस्टमा २० हजारभन्दा बढी घरेलु उडानहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।
हाइनान एयरलाइन्सका अनुसार, एयरलाइन्सले गर्मीको उच्च सिजनमा प्रति दिन ८६४ उडान सञ्चालन गर्ने अपेक्षा गरेको छ । जुन वार्षिकरुपमा १०.६ प्रतिशतले बढी हो । एयरलाइन्सले ८० लाखभन्दा बढी घरेलु यात्रुहरुलाई यातायात गर्ने योजना बनाएको छ । जुन लगभग पाँच प्रतिशतले बढी हो ।
हाइनान एयरलाइन्सले गर्मीको उच्च सिजनमा पाँच सयभन्दा बढी मार्ग सञ्चालन गर्नेछ । जसले चीनभर ८० भन्दा बढी शहर लाई समेट्नेछ । यस एयरलाइन्सले २० नयाँ मार्गमा पनि उडान सुरु गर्दैछ ।
शेन्जेन एयरलाइन्स गर्मीको उच्च सिजनमा छेंग्दुबाट प्रस्थान गर्ने मार्गहरूमा ध्यान केन्द्रित गर्दैछ।  एयरलाइन्सले छेंग्दुबाट तीन नयाँ सांस्कृतिक र पर्यटन मार्ग सुरू गर्नेछ । दुई विद्यमान रुटमा आवागमन बढाउनेछ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal