Skip to content
Prabhu

टेक्ससमा ग्यास स्टेसनमा कार्यरत नेपालीको हत्या

 

टेक्सस (अमेरिका) । अमेरिकाको टेक्ससमा आइतबार बिहान लुटेराको आक्रमणमा परेर ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको निधन भएको छ ।

टेक्ससको वेको सिटीनजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत ३० वर्षीय नेपाली दीपक वलीलाई लुटेराले गोली हानेर हत्या गरेका हुन् । अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्यास स्टेसनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको थियो ।

तीन जनाको समूहमा आएका लुटेरा मध्य एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको मृतकका आफन्त तथा मोहन कुसारीले जानकारी दिए । रुकुमको बाँकेकोट–१० घर भएका वली गत वर्षमात्र अमेरिका आएका हुन् । नेपालमा उनको ५ वर्षीया छोरी, पत्नी र मातापिता मात्र छन् । मृतक वली ग्रीनकार्डको प्रकृयामा रहेको बताइएको छ ।

लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्यास स्टेसनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal