Skip to content
Prabhu

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल र अनुसन्धान विभागमा डा. गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ता र अनुसन्धान विभागको प्रमुख परिवर्तन भएका छन् । राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल र अनुसन्धान विभागको प्रमुखमा डा. गुणाकर भट्टलाई जिम्मेवारी दिइएको हो ।

डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि उनको स्थानमा भट्टलाई जिम्मेवारी दिइएको हो । त्यस्तै प्रवक्ता रहेका भट्टले अनुसन्धान विभागको जिम्मेवारी पाएपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । पौडेललाई साउन १४ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal