Skip to content
Prabhu

एउटै ऋणीले २ वटा लघुवित्तबाट कर्जा लिन पाउने

काठमाडौं । एउटै ऋणीले दुईवटा लघुवित्तबाट कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी दुईवटासम्म लघुवित्तले एउटै ऋणीलाई कर्जा दिन पाउने व्यवस्था गरेको हो ।

यसरी कर्जा दिँदा राष्ट्र बैंकको तोकेको सीमाभन्दा धेरै हुन नहुने केन्द्रिय बैंकले जनाएको छ । ‘बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

अहिले एउटा ऋणीले एउटा मात्रै लघुवित्तबाट कर्जा लिन पाउने व्यवस्था थियो । यस्तै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् । यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्थासमेत) कर्जा लिए÷नलिएको यकीन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal