Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन १६ गते बाँडफाँट हुने, साढे १६ लाखको हात खाली

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ यही साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बुधबार अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको हो । सायन १६ गते बिहान ८ बजे एफपिओ बाँडफाँट गरीने क्यापिटलले जनाएको छ ।

कम्पनीको एफपीओमा साढे १६ लाख आवेदकको हात रित्तो हुने भएको छ । कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको एफपीओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन परेको छ । जसमार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९.५४५ कित्ता एफपीओ सेयर निष्काशन गरेको हो । जसअन्तर्गत ४ हजार ६७२ जनाले १०/१० कित्ता सेयर पाउने छन् । सोही मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । कम्पनीको एफपीओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको थियो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal