Skip to content
Prabhu

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम १९ अर्ब बढी

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको भन्दा २० अंकले घटेको दिन कारोबार रकममा भने भारी वृद्धि भएको छ ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २० दशमलव ४६ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्पे परिसूचक २६६१ दशमलव ०९ अंकमा पुगेको छ । अघिल्लो दिन दुइ पटक सर्किट लागेको र समग्रमा ११३ अंकले परिसूचक बढेको थियो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

परिसूचक घटे पनि सेयर कारोबारमा भने उल्लेख्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार बन्द हुँदा सेयर बजारमा १९ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर २ लाख २२ हजार ६६० पटक खरिद बिक्री हुँदा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २०७८ सालको भदौ ३ गते सेयर बजारमा २० अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ६८ अंकले घटेर ४८२ दशमलव १५ अंकमा पुगेको छ । आज दुई उपसमूहको मसेयर मूल्य मात्रै बढेको छ भने बाँकी ११ उपसमूहको सेयर मूल्य घटेको छ ।

आज फाइनान्स उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै १.८८ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूहको सेयर मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशतले घटेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal