Skip to content
Prabhu

२ फाइनान्स, २ हाइड्रोपावरको तथा एक लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । सोमबार सेयर बजारमा करेक्सन आयो । अघिल्लो दिन ११३ अंकले बढेको सेयर बजार सोमबार २० दशमलव ४६ अंकले घट्यो ।

कारोबार रकममा उत्साहजनक वृद्धि भएको दिन दुई फाइनान्स, दुई हाइड्रोपावर र एक लघुवित्तका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।
आज नेपाल फाइनान्स र जानकी फाइनान्स, मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । त्यस्तै गणपति लघुवित्तको सेयर मूल्य पनि आज धेरै कमाउने शीर्ष पाँच कम्पनीमा परेको छ ।

आज नेपाल फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । यो स्टकको सेयर मूल्य १४५ रुपैयाँले बढेर १ हजार ६२९ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यसतै जानकी फाइनान्सको सेयर मूल्य पनि ६.८० प्रतिशत अर्थात् ४८ रुपैयाँ ७० पैसाले बढेर ७६५ रुपैयाँ १० पैसा पुगेको छ ।

आज मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ८.५८ प्रतिशत अर्थात् ६४ रुपैयाँले बढेर ८१० रुपैयाँ पुगेको छ । त्यस्तै बाराहि हाइड्रोपावरको सेयर मूल्य पनि ८.१६ प्रतिशत अर्थात् ५५ रुपैयाँले बढेर ७२९ रुपैयाँ पुगेको छ । आज धेरै बढ्ने कम्पनीको पाँचौँ नम्बरमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्थाको सेयर मूल्य ६.५६ प्रतिशत अर्थात् १२४ रुपैयाँले बढेर २ हजार १४ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal