Skip to content
Prabhu

सेयर बजारमा धेरै घट्ने शीर्ष ५ कम्पनीमा ३ लघुवित्त

काठमाडौं । सोमबार सेयर दोहोरो अंकको गिरावट आयो । अघिल्लो दिन तेहेरो अंकले बढेको बजार सोमबार २० दशमलव ४६ अंकले घटेको हो । आज सेयर बजारमा १६८ कम्पनीको सेयर मूल्य घटेयो।

आज धेरै घट्ने शीर्ष ५ कम्पनीमा आरम्भ चौतारी लघुवित्त, बोटलर्स नेपाल (बालाजु), सिद्धार्थ इक्वीटी फण्ड, अभियान लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । आज आरम्भ चौचारीको सेयर मूल्य ८.३५ प्रतिशतले घटेको छ ।

यो कम्पनीको सेयर मूल्य ११३ रुपैयाँ ६० पैसाले घटेर १ हजार २४७ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि ७.९९ प्रतिशत अर्थात् १ हजार ६५० रुपैयाँले घटेर १९ हजार रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै सिद्धार्थ इक्कीटी फण्डको सेयर मूल्य पनि ७.५३ प्रतिशत अर्थात् ०.७९ रुपैयाँले घटेर ९ रुपैयाँ ७० पैसा पुगेको छ । अभियान लघुवित्तको सेयर मूल्य पनि ६.८८ प्रतिशतले घटेको छ ।

यो स्टकको सेयर मूल्य ७९ रुपैयाँले घटेर १ हजार ७० रुपैयाँमा कारोबार बन्द भएको छ । आज गुराँस लघुवित्तको सेयर मूल्य पनि ६.७२ प्रतिशत अर्थात् १४१ रुपैयाँ १० पैसाले घटेर १ हजार ९५८ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal