Skip to content
Prabhu

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मा यथावत

काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको हो ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता बोलाएको छ । चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए । यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । यीसहित खाली भएका देशमा राजदूत नियुक्ति सिफारिस भएको हो ।

एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा सिफारिस भएका थिए । २४ जेठको मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेस निकट उनलाई एमाले– माओवादी गठबन्धन सरकार हुँदा फिर्ता बोलाइएको थियो । फेरि कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि उनलाई नै निरन्तरता दिने निर्णय भएको ती मन्त्रीको भनाइ छ ।

त्यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका, पूर्वसचिव चन्द्र घिमिरे बेलायत, कृष्णप्रसाद ओली चीन, पूर्वसांसद शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरिया, डा. नेत्र तिमल्सिना मलेसियाका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै पाकिस्तानका लागि रिता धिताल, पोर्चुगल प्रकाशमणी पौडेल, साउदी अरब नरेश विक्रम ढकाल, इजरायल धनप्रसाद पण्डित, दक्षिण अफ्रिका–कपिलमान श्रेष्ठ, अस्ट्रेलिया कान्ता रिजाल र जर्मनी शैल रुपाखेती सिफारिस भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal