Skip to content
Prabhu

रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ जारी गर्न अदालतले बाटो खोल्यो

काठमाडौं । उच्च अदालत पाटनले बुक बिल्डिङबाट सर्वसाधारणलाई सेयर जारी गर्न रिलायन्स स्पिनिङ मिल्सलाई कानुनी रुपमा बाटो खोलिदिएको छ ।

उच्च अदालतका न्यायधीशहरु ध्रुवराज नन्द र बिदुर कोइरालाको सयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो ।

उच्च अदालतले यसअघि कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि छलफलमा बोलाएको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई माघ १० देखि बिक्री खुल्ला गर्ने भएको छ ।

बुक बिल्डिङ प्रणालीबाट आइपीओ निष्कासन गर्ने रिलायन्स दोस्रो कम्पनी हो ।

रिलायन्सले १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ प्रणालीबाट जारी गर्न लागेको थियो । जसमा जसमा ४० प्रतिशत अर्थात सात लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेको थियो । यसको कटअप मूल्य ९१२ कायम भएको थियो ।
रिलायन्सले असार २७ गतेदेखि आइपीओ) बिक्री गर्ने तयारी गरेको थियो ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएकालाई मिति तय भएपनि विद्युत् बक्यौता सहितको वित्तीय विवरण सार्वजनिक भएपछि आइपीओ जारी गर्न रोकिएको छ । सार्वजनिक लेखा समितिले पनि यसको आइपीओ रोक्न निर्देशन दिएको थियो । वर्षमान पुन अर्थमन्त्री हुँदा धितोपत्र बोर्डका अध्यक्ष बनाएका नरेन्द्र रानाले रिलायन्सलाई आइपीओ जारी गर्न अनुमति दिएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal