Skip to content

एसियन हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजार कारोबार जारी रहँदा एसियन हाइड्रोपावारको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दिउँसो साढे २ बजेसम्मको अवधिको कारोबार समयमा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाँले घटेर ७९२ रुपैयाँमा पुगेको छ । यो समाचार तयार पार्दासम्म समग्रमा सेयर बजार भने बढेको छ ।

साढे २ बजेसम्मको अवधिमा सेयर बजार परिसूचक ३९ दशमलव ६३ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ११ अर्ब ८५ करोड बढीको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime