Skip to content
Prabhu

लेबनानमा रहेको हिजबुल्लाह के हो ? के यसले इजरायलसँग युद्ध गर्न सक्छ ?

बीबीसी । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा शनिबार रकेट आक्रमण भयो । जसमा १२ बालबालिका र किशोरहरूको मृत्यु भयो । इजरायलले यो आक्रमण हिजबुल्लाहले गरेको आरोप लगाएको छ । तर हिजÞबुल्लाहले यी आरोपहरूलाई अस्वीकार गरेको छ । त्यसबेलादेखि दुवै पक्षबीच युद्धको आशंका बढेको छ । यसलाई इजरायल र यसको उत्तरी सीमा वरपरको पछिल्लो नौ महिनामा भएको सबैभन्दा घातक आक्रमण मानिएको छ ।
हिजबुल्लाह के हो?
हिजबुल्लाह लेबनानमा इरान समर्थित शिया इस्लामी राजनीतिक र शक्तिशाली अर्धसैनिक संगठन हो । यसको स्थापना इरानद्वारा १९८० को दशकको सुरुवातमा इजरायलको विरोधमा गरिएको थियो । त्यो समय लेबनानमा गृहयुद्ध चलिरहेको थियो । यस समयमा इजरायली सेनाले दक्षिणी लेबनान कब्जा गरेको थियो ।
हिजबुल्लाह सन् १९९२ देखि आम चुनावमा भाग लिइरहेको छ । यसले देशको राजनीतिमा ठूलो उपस्थिति बनाएको छ । संगठनको सशस्त्र पखेटाले लेबनानमा इजरायली र अमेरिकी सेनामा घातक आक्रमण गरेको छ ।
सन् २००० मा जब इजरायल लेबनानबाट फर्कियो, हिजबुल्लाहले उनलाई बाहिर धकेल्ने श्रेय लिएको थियो । त्यसपछिदेखि दक्षिणी लेबनानमा हिजबुल्लाहसँग मिसाइलको ठूलो भण्डार र हजारौं लडाकु छन् । उनीहरू विवादित क्षेत्रहरूमा बारम्बार इजरायलको उपस्थितिलाई चुनौती दिन्छन् ।
यसलाई पश्चिमी देशहरू, इजरायल, गल्फका अरब देशहरू र अरब लिगले आतंकी संगठन घोषित गरेका छन् । सन् २००६ मा हिजबुल्लाह र इजरायलबीच युद्ध भएको थियो । यसको सुरुवात हिजबुल्लाहको सीमा पार गरेर गरेको घातक आक्रमणबाट भएको थियो ।
संगठनको खतरा अन्त्य गर्ने प्रयासमा इजरायली सैनिकहरूले दक्षिणी लेबनानमा आक्रमण गरे र जमिनबाट पनि चढे । तर इजरायल हिजबुल्लाहको अन्त्य गर्न असफल भयो । त्यसपछि हिजबुल्लाहले आफ्ना लडाकुहरूको संख्या बढाउन थाल्यो र राम्रो हतियार पनि प्राप्त ग¥यो ।
हिजबुल्लाहका नेता हसन नसरुल्लाह को हुन् ?
शेख हसन नसरुल्लाह एक शिया धर्मगुरु हुन् । उनी सन् १९९२ देखि यस संगठनको नेतृत्व गर्दै आएका छन् । उनले यसलाई एक राजनीतिक पार्टी र सैन्य बलमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
उनको इरान र त्यहाँका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईसँग निकट सम्बन्ध छ । सन् १९८१ मा इरानका पहिलो सर्वोच्च नेता आयातुल्लाह रूहोल्लाह खुमैनीले उनलाई लेबनानमा आफ्नो निजी प्रतिनिधि नियुक्त गरेका थिए । यद्यपि नसरुल्लाह धेरै वर्षदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् । यसको पछाडि कारण मानिन्छ कि उनलाई इजरायलद्वारा हत्या गरिने डर छ । यद्यपि हिजबुल्लाहका लागि उनी विशेष छन् र हरेक हप्ता टेलिभिजनमा भाषण दिन्छन् ।
हिजबुल्लाहको सैन्य शक्ति कति बलियो छ?
हिजबुल्लाह संसारको सबैभन्दा भारी हतियारसहितका गैर सरकारी सैन्य बलमध्ये एक हो । उसलाई इरानले पैसा र हतियार दिन्छ । शेख हसन नसरुल्लाहको दाबी छ कि हिजबुल्लाहसँग एक लाख लडाकुहरू छन् ।  यद्यपि स्वतन्त्र अनुमानअनुसार संख्या २० हजारदेखि ५० हजार बीचमा छ ।
यीमध्ये धेरै लडाकुहरू प्रशिक्षित र युद्ध लड्न सक्षम छन् । धेरैले सिरियाको गृहयुद्धमा लडेका छन् । सेन्टर फर स्ट्रैटेजिक एण्ड इन्टरनेशनल स्टडिजको अनुमानअनुसार हिजबुल्लाहसँग एक लाख २५ हजारदेखि २ लाख रकेट र मिसाइलहरू छन् । यससँग अधिकांश सतहबाट सतहमा हान्ने अन–गाइडेड साना रकेटहरू छन् ।
तर यससँग विमान र जहाज विरोधी मिसाइलहरू र इजरायल भित्रसम्म मार गर्न सक्ने गाइडेड मिसाइलहरू छन् । यससँग गाजा पट्टीमा रहेको हमासभन्दा आधुनिक हतियारहरू छन् ।
के हिजबुल्लाह इजरायलसँग युद्ध गर्नेछ?
गएको वर्षको ७ अक्टोबरमा हमासको इजरायलमा आक्रमणको भोलिपल्ट ८ अक्टोबरमा, हिजÞबुल्लाहले हमाससँग ऐक्यबद्धता देखाउँदै इजरायली स्थानहरूमा गोलीबारी गरेको थियो । त्यसपछि हिजबुल्लाहले उत्तरी इजरायल र गोलान हाइट्समा इजरायली स्थानहरूमा धेरै रकेट आक्रमण गरेको छ । उसले बख्तरबन्द सवारीहरूमा एन्टि–ट्यांक मिसाइलहरू प्रहार गरेको छ र सैन्य स्थानहरूमा विस्फोटक ड्रोनले आक्रमण गरेको छ ।
इजरायल डिफेन्स फोर्सले यी आक्रमणहरूको जवाफ दिन लेबनानमा हिजÞबुल्लाहका स्थानहरूमा हवाई आक्रमण गरेको छ र तोपका गोले प्रहार  गरेको छ । संयुक्त राष्ट्रले यी आक्रमणहरूले लेबनानमा ९० हजार मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य बनाएको बताएको छ । इजरायली आक्रमणमा करिब एक सय नागरिक र ३६६ हिजÞबुल्लाह लडाकुहरूको मृत्यु भएको छ ।
अर्कोतर्फ इजरायली अधिकारीका अनुसार हिजबुल्लाहका आक्रमणहरूको कारण ६० हजार मानिसहरूले आफ्नो घर छोड्नुपरेको छ र १० नागरिकसहित ३३ जनाको मृत्यु भएको छ । यी लडाइँहरूको बावजुद पर्यवेक्षकहरू हालसम्म दुवै पक्ष ठूलो मात्रामा युद्ध लड्नबाट जोगिएको बताएका छन् । तर यो डर छ कि कुनै पनि घातक घटना परिस्थितिलाई नियन्त्रणबाट बाहिर ल्याउन सक्छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal