Skip to content
Prabhu

कोभिडमा विमान कम्पनीलाई दिएको अनुदानविरुद्धको मुद्दा रियान एयरलेले हार्‍यो

एजेन्सी । रियान एयरले कोभिड महामारीको समयमा लकडाउनले गर्दा एयरलाइन्सहरूले ठूलो मात्रामा रकम गुमाएको समयमा अस्ट्रियाली एयरलाइन्सलाई दिइएको १५० मिलियन यूरोको राज्य–निर्मित ऋणविरुद्ध अन्तिम लडाई हारेको छ ।

रियान एयरले कोभिड–१९ महामारीको समयमा अस्ट्रियाले ल्युफ्थान्सालाई लाखौँ यूरो अनुदान दिनु गैरकानुनी भएको दाबी गरेको थियो ।

युरोपेली संघको अदालतले लुप्थान्सालाई दिइएको ऋणलाई स्वीकृति दिने ईयू प्रतिस्पर्धा अधिकारीहरूको पक्षमा फैसला गरेको छ । यस ऋणलाई सन् २०२० मा लुप्थान्साको अस्ट्रियाली इकाईलाई ऋण दिइएको थियो जब एयरलाइन्सहरू महामारीको समयमा असुल गर्न काम गरिरहेका थिए ।

डब्लिनमा आधारित युरोपेली एयरलाइन्स कम्पनी रियानले महामारीको अवधिभर एयरलाइन्सहरूलाई ठूलो मात्रामा सहायता स्वीकृत गरेकोमा ईयू आयोगविरुद्ध २० भन्दा बढी मुद्दा दायर गरेको थियो । रियानएयरले एयरलाइन्सहरूलाई दिइएको सहयोगले अनुचित फाइदाहरू सिर्जना गरेको दाबी गरेको थियो ।

रियान एयरविरुद्ध युरोपेली संघको अदालतले पनि यसअघि अस्ट्रियाबाट अस्ट्रियन एयरलाइन्सलाई दिइएको ऋणको पक्षमा फैसला गेको थियो । युरोपेली संघको अदालतका न्यायाधीशहरूले सदस्य राष्ट्रले असाधारण घटनाको कारण भएको क्षतिलाई पूरा गर्न सहायता गर्न सक्ने बताएका थिए ।

रियान एयरले लुप्थान्सा, कन्डोर केएलएम र टीएपीलाई दिइको अनुदानविरुद्धको आफ्नो मुद्दा भने जितेको थियो । तर एसएएएस, फिनएयर, र एयर फ्रान्सविरुद्धको लडाइ हारेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal