Skip to content
Prabhu

लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । आईपीओ जारीपश्चात् प्राप्त पुँजीको उपयोग गर्नेबारे र आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत सभाले पारित गर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal