Skip to content
Prabhu

प्रिओपन सेसनमा ८ अंक बढीले बढ्यो नेप्से

काठमाडौं । मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ अंकभन्दा बढीले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार २० दशमलव ४६ अंक घटेको नेप्से आजको प्रिओपन सेसनमा ८ दशमलव ३१ अंकले बढेको हो ।

अघिल्लो दिनको नियमित कारोबारमा २६६१ दशमलव ०९ विन्दुमा बन्द भएको नेप्से आजको प्रिओपन सेसनपछि २६६९ दशमलव ४१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १ दशमलव ४१ अंक बढेको छ ।

मंगलबारको प्रिओपन सेसनमा ६५ कम्पनीका ९५ हजार ९४ कित्ता सेयर १६१ पटक खरिद बिक्री हुँदा ३ करोड ७७ लाख ५९ हजार १९५ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटाको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्य सो प्रि ओपन सेसनमा स्थिर रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal