Skip to content
Prabhu

शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि एकाइ धनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनार्थ कोषले साउन १५ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ । यस अनुसार हिजो अर्थात साउन १४ गतेसम्म कायम रहेका इकाईधनीहरुले कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन् । पुनः लगानी गर्न इच्छुक एकाइ धनीहरुले साउन २१ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal