Skip to content
Prabhu

अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको अवस्था विकराल बन्योः सभापति पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजश्व समितिका सभापति अम्बिका प्रसाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको बिकराल अवस्था आउन लागेको बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सके धेरैभन्दा धेरै राजस्व उठाउन सकिने बताका हुन् ।

‘कर प्रशासन सुधार हुनु आवश्यक छ । नेपालको कर प्रशासनले कर निर्धारण गर्ने ठाउँमा सुधार गर्नुपर्छ । अडिटरको भाषा कर प्रशासकले केही हदसम्म नबुझेको हो कि ? कर प्रशासनलाई साच्चिकै व्यवस्थित र पारदर्शी बनाइ धेरैभन्दा धेरै राजश्व उठाउने हो भने कर प्रशासनमा, कर निर्धारणमा, कर पुनरावलोकनमा कानुन र दकर बुझेको चार्टर्ड एकाउन्टेन्ट चाहिन्छ,’ उनले भने, ‘कर लिने र दिनेबीच सन्तुलन कायम हुन नसक्दा बेरुजुको बिकराल अवस्था आउन सक्ने देखिएको छ । कर प्रशासकले पनि अडिटरको भाषा नबुझ्दा झनै बिकराल अवस्था आउन सक्छ ।’

करसम्बन्धी सरकारले बनाउने कानूनहरुमा भएका गल्तिहरुलाई सुधार गर्न फोरमहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal