Skip to content
Prabhu

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौंमा सोमबार आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० जनामध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।

अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की थिए । त्यस्तै मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सीईओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवं पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइनमार्फत सहभागिता जनाएका थिए ।
अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । सोमबारको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गै नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धिको नतिजा ३ दिनपश्चात् मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।
अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेका लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् ।

उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइने्छ । मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्ने छिन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal