Skip to content
Prabhu

प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । मंगलबारको कारोबार जारी रहँदा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । मंगलबार सान्जेन जलविद्युत् कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य दिउँसो १ बजेसम्मको कारोबार समयमा ४९ रुपैयाँ ४० पैसाले बढेर ५४३ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ ।

योसहित आजको कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भए पनि समग्र बजार भने १८ दशमलव २६ अंकले घटेर कारोबार भइरहेको छ । दुई घण्टाको कारोबार जारी रहँदा सेयर बजारमा ८ अर्ब ६६ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal