Skip to content
Prabhu

मंगलबार नेप्से ३५.५५ अंकले बढ्यो, कारोबार रकम १७ अर्ब २६ करोडमा सीमित

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार आज ३५ दशमलव ५५ अंकले बढेको हो ।

आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा १.३३ प्रतिशतले बढेर २६९६ दशमलव ६५ विन्दुमा पुगेकोछ । आज सेयर बजारमा १८९ कम्पनीको सेयर मूल्य बढेको छ । ४७ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको भन्दा गिरावट आएको छ । अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको बजारमा आज १७ अर्बभन्दा बढीको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ३२९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर २ लाख ६ हजार ६४३ पटक खरिद बिक्री हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ ह्जार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव २३ अंकले बढेर ४८५ दशमलव ३८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

आज १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य घटेको छ भने ९ उपसूचकको सेयर मूल्य बढेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal