Skip to content
Prabhu

अस्ट्रेलियाको तेस्रो ठूलो एयरलाइन्स आर्थिक संकटमा, केही उडानमा भयो कटौती

एजेन्सी । अस्ट्रेलियाको तेस्रो ठूलो एयरलाइन स्वेच्छिक प्रशासनमा गएको र यसले केही रुटमा उडान रद्द गरिसकेको छ । रेक्स एयरलाइन्स अस्ट्रेलियाका धेरै साना क्षेत्रीय सहरहरूमा उडान  धेरै गर्नेमा  पर्छ । जसमा ठूलो प्रतिद्वन्द्वी क्वान्टस र भर्जिन अस्ट्रेलियाले सेवा गर्दैनन् ।
कम्पनीले उक्त घोषणा गर्नुभन्दा केही दिन अघि रेक्सका शेयरहरूको कारोबार स्थगित भएको थियो । अर्नेस्ट एण्ड यङ्ग अस्ट्रेलियालाई प्रशासकको रूपमा नियुक्त गरिएपछि शेयर कारोबार रोकिएको थियो । यो अवस्था अस्ट्रेलियन एयरलाइन्स बोन्जाको अस्ट्रेलियाको घरेलू बजारमा गएको केही महिनायता व्यापार कम भएपछि आएको हो । सन्   २००२ मा एन्सेटको पतनपछि स्थापित भएको रेक्स एयरलाइन्सले करिब ५६ एयरपोर्टहरूमा उडान गर्छ ।
कम्पनीसँग ६६ वटा विमानहरू छन् । जसमा प्रायः ३४ सीट भएका क्षमताका साब ३४० विमान र ९ वटा बोइङ ७३७–८०० पनि छन् । सन् २०२० देखि यसले ती ठूला विमानहरूलाई मेलबर्न, सिडनी र ब्रिसबेन जस्ता ठूला शहरहरू बीच उडानका लागि प्रयोग गरिरहेको छ । तर अहिले ती उडानहरू अहिले रद्द गरिएको छ । त्यसैले ७३७–८०० विमानहरू ग्राउन्ड गरिएको छ ।
बुकिंग गरेका यात्रुहरूलाई रिफण्ड दिइने छैन । तर उनीहरूलाई भर्जिन अस्ट्रेलियासँग निःशुल्क यात्रा गर्न आफ्नो उडान परिवर्तन गर्न सकिने व्यवस्था मिलाइएको छ । साना विमानहरू प्रयोग गरेर क्षेत्रीय मार्गहरूमा सेवा जारी रहने कम्पनीले जनाएको छ ।
त्उसअघि अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बनीजले रेक्स क्षेत्रीय अस्ट्रेलियाका लागि महत्त्वपूर्ण एयरलाइन्स भएको बताए । त्यहाँका परिवहन मन्त्री क्याथरिन किंगले सरकार रेक्ससँग काम गर्न तयार रहेको बताए । रेक्स कम्पनीको शेयर मूल्य गत १२ महिनामा लगभग आधाले घटेको छ । कम्पनीको अर्को उड्डयन व्यवसायमा ५० प्रतिशत हिस्सेदारी छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal