Skip to content
Prabhu

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०/८१ मा रु. ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व सङ्कलन गरेको छ ।

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी रु. ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट रु १९ हजार नौ सय राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट रु. एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु. पाँच लाख ६३ हजार चार सय २५ सङ्कलन गरेको छ ।

कार्यालयको बेरुजु रु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले अघिल्लो आव २०७९/८० मा विभिन्न राजस्व शीर्षकबाट रु. ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal