Skip to content
Prabhu

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ ।

आज संकलन भएको रकमको भदौ ५ गते सावाँ ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी जम्मा ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal