Skip to content
Prabhu

एक घण्टामा ६ अर्बको कारोबार, पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार एक घण्टाको अवधिमा सेयर बजारमा ६ अर्ब बढीको कारोबार भएको छ । कारोबार खुलेको पहिलो एक घण्टाको अवधिमा नेप्सेमा ६ अर्ब ३४ करोड ३८ लाख बढीको कारोबार भएको हो ।

अघिल्लो दिन सेयर बजारमा १७ अर्ब बढीको कारोबार भएको थियो । सेयर बजारको अलटाइम उच्च कारोबार २० अर्ब ४० करोड रहेको छ । जुन २०७८ साल भदौ ३ गते भएको थियो । त्यस पछि सो विन्दुमा कारोबार रकम पुग्न सकेको छैन ।

त्यस्तै बुधबारको एक घण्टाको कारोबार अवधिमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा गोरखा फाइनान्स, नेपाल रिपब्लीक मिडिया, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै मध्य भोटेकोशी जलविद्युत कम्पनी र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म समग्रमा नेप्से परिसूचक ६२ दशमलव ७२ अंकले बढेर कारोबार भइरहेको छ । जनु अघिल्लो दिनको भन्दा २.३२ प्रतिशतले बढी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal