Skip to content
Prabhu

सवारी साधनको इम्बोस्ड नम्बर प्लेट ट्रयार्किङ गेट नागढुंगामा जडान

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं भित्रने प्रमुख सडक मार्ग नागढुङ्गा नाकामा इम्बोस्ड नम्बर प्लेटका गाडीलाई ट्र्याक गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेट सञ्चालनमा ल्याइएको छ ।

यातायात व्यवस्था विभागका अनुसार, काठमाडौं प्रवेश गर्ने नाका थानकोट (नागढुङ्गा) र नागार्जुनमा आरएफआईडी गेट सञ्चालानमा ल्याइएको हो । उपत्यकाका ५ ठाउँमा बनाइनुपर्ने यस्ता गेट अब साँगा, ग्वार्को र बल्खुमा निर्माणको तयारीमा विभाग रहेको छ ।

अमलेखगन्जमा पनि सो गेट बनाइँदैछ । इम्बोस्ड नम्बर प्लेट जडान गरिएका सवारीसाधन निगरानी गर्न सहज हुने १०० आरएफआईडी डिभाइसमध्ये पाँचवटा ट्राफिक प्रहरीलाई बुझाइएको विभागले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal