Skip to content
Prabhu

म्याग्दीको बाङ खोलामा आएको बाढीले बगायो १ झोलुङ्गेसहित ३ पक्की पुल

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा बाढीले ३ पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुनास्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए।

अत्यधिक वर्षापछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्याएको धौलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal