Skip to content
Prabhu

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरमा १५ प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक र डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
सो सम्झौताअनुसार बैंकका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकको देशभर ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ एकाइहरु रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal