Skip to content

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एसिया डाइनामिक डेप्ट फण्डले प्रतिफल घोषणा गरेको छ। गत फण्डले आर्थिक वर्षका लागि एकाइधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

सो फण्डको साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९ र८० कोलाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन १७ गते अर्थात् आज नै बुकक्लोज गर्ने भएको छ। जसअनुरुप साउन १६ गते बुधबारसम्म कायम रहेका एकाइधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले एकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप एकाइहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक एकाइधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ। यसको कोष प्रबर्द्धक एनआईसी एसिया बैंक रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life