Skip to content

सेयर बजार घटेको दिन सकारात्मक सर्किट लागेका ८ कम्पनी

nabil bank

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक घटेर बन्द भयो । परिसूचक घटेको दिन ७४ कम्पनीको सेयर मूल्य बढ्यो । त्यसमध्ये पनि ८ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलपर लिमिटेड, शुभम पावर लिमिटेड, सिटी होटल र कुथेलि बुखारी स्माल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

बिहीबार हाइड्रो इलेक्ट्रोसिटी, नेपाल हाइड्रो डेभलपर, शुभम पावर, सिटी होटल र कुथेलि बुखारी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हाइड्रो इलेक्ट्रोसिटीको सेयर मूल्य २३ रुपैयाँ ४० पैसाले बढेर २५७ रुपैयाँ ४० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ६४ रुपैयाँले बढेर ७०४ रुपैयाँ, शुभम पावरको ७९ रुपैयाँले बढेर ८६९ रुपैयाँ, सिटी होटलको ८७ रुपैयाँ ८० पैसाले बढेर ९६५ रुपैयाँ ८० पैसामा कारोबार भएको छ । त्यस्तै कुथेलि बुखारीको सेयर मूल्य १६९ रुपैयाँ ४० पैसाले बढेर १ हजार ८६३ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ५९ रुपैयाँ ६० पैसाले बढेर ६५७ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ । आज नेपाल फाइनान्सको सेयर मूल्य पनि ९.९६ प्रतिशत अर्थात् १९५ रुपैयाँ १० पैसाले बढेर २ हजार १५४ रुपैयाँ पुगेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य पनि ९.९६ प्रतिशत अर्थात् ४५ रुपैयाँले बढेर ४९७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime