Skip to content
Prabhu

फेडरल रिजर्भले घटाएन ब्याजदर, मोरगेज र कार लोनको लागत भएन कम 

वाशिंगन (अमेरिका) । अमेरिकाको केन्द्रीय बैंक अर्थात् फेडरल रिजर्भले बुधवार हाल कायम आफ्नो बेञ्चमार्क ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ ।
जुन गत वर्ष बढाइएको थियो । गत वर्ष पछिल्लो २३ वर्षमा हालसम्मकै उच्च ब्याजदर कायम गरिएको थियो । केन्द्रीय बैंकले अर्थतन्त्रलाई स्थिर र महंगीलाई नियन्त्रणमा राख्नका लागि ब्याजदरमा कुनै पनि परिवर्तन नगरेको विश्लेषण गरिएको छ ।
केन्द्रीय बैंकको उक्त निर्णय अपेक्षाअनुसार नै आएको र ब्याजदरमा कटौती नभएको जनाइएको छ । ब्याजदर कटौती नगर्ने निर्णयले अमेरिकामा मोरगेज र कार लोनदेखि क्रेडिट कार्ड लागत घट्ने छैन् ।
यद्यपि फेडले आगामी महिनामा भने ब्याजदर कटौती गर्ने संकेत भने गरेको छ । फेडका अधिकारीहरु अहिले अमेरिकी श्रम बजारको जोखिमबारे चासो राख्दै आएका छन् । जुन अमेरिकी अर्थतन्त्रको शक्ति र आधार स्तम्भ मानिन्छ । अधिकारीहरूले मुद्रास्फीति अहिले केही हदसम्म उचाइमा भएको बताएका छन् ।
शिकागो फेड अध्यक्ष औस्टन गुल्स्बीले हालै मुद्रास्फीति–समायोजित ब्याज दरहरूको प्रभावको चेतावनी दिएका छन् । जसले मुद्रास्फीति सुस्ताउने भए पनि दरमा परिवर्तन नआएमा अर्थतन्त्रमा कडा असर पार्न सक्ने विश्लेषण गरिएको छ । यो श्रम बजारका लागि समस्या हुन सक्छ । जुन अहिले एक संक्रमण बिन्दुमा देखिन्छ ।
मुद्रास्फीति नियन्त्रण गर्नका साथै, फेडले अधिकतम रोजगार पनि जिम्मेवारीमा रहेको जनाएको छ । फेडका अध्यक्ष जेरोम पॉवेलले यदि रोजगारीको बजारमा अप्रत्याशित खराबी आयो भने अधिकारीहरूले दरहरू छिटो घटाउनको बारेमा विचार गर्न बताएका छन् ।
हालका लागि अमेरिकी अर्थतन्त्र ठिकठाक छ । सरकारले हालै जारी गरेको रिपोर्टमा अमेरिकी अर्थतन्त्रले अप्रिलदेखि जुनसम्मको अवधिमा २.८ प्रतिशत वार्षिक दरमा वृद्धि गरेको छ । जसले मौसमी उतारचढाव र मुद्रास्फीति समायोजन गरेपछि, पहिलो त्रैमासिकको दरको दुई गुणा र अर्थशास्त्रीहरूको भविष्यवाणीभन्दा माथि देखिन्छ । यो रिपोर्टले अर्थतन्त्र बलियो हुँदै गर्दा मुद्रास्फीति घटेको देखाएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal