Skip to content
Prabhu

घिरिङ गाउँपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण

दमौली । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।

कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत १९ लाख ६८ हजार रुपैयाँ बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्रयाक्टरको मूल्य रु ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट ३० हजार सात सय पचास रुपैयाँ लिएर प्रदान गरेको हो ।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएकाले उत्पादनका आधारमा किसानलाई सम्मान गरिने प्रमुख रवि रामदामले भने, ‘कृषिमा आधुनिकीकरण जरुरी छ । हातेट्रयाक्टरले लागत घटाउनुका साथै समय पनि बचत हुन्छ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्