काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँले महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४१६.८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.५७ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्