Skip to content
Prabhu

समाज लघुवित्तको साधारणसभा साउन ३२ गते

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको साउन १६ गते बसेकोे सञ्चालक समितिको बैठकले साउन ३२ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

सभामा संस्थाको स्थापना ताका राखिएको जारी पुँजी बोनस सेयरका लागि अपुग गएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी ४ करोड रुपैयाँ कायम गर्नसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थका लागि साउन २५ गतेदेखि साउन ३२ गतेसम्म वित्तीय संस्थाको सेयर दाखिला खारेजीको काम बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साउन २४ गतेसम्म कारोबारमा आएका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने संस्थाले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal