Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीहरुले असारमा गरे १ अर्ब ३८ करोड बढीको शुल्क संकलन, शिखरले ५७ करोडको व्यवसाय गर्दा राष्ट्रिय बीमा कम्पनीको ६ करोड मात्रै

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले असार महिनामा जेठ महिनाको तुलनामा १ अर्ब ३८ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनीले जेठ महिनाको भन्दा १ अर्ब ३८ करोड ६२ लाख ८४ हजार रुपैयाँ बढी व्यवसाय गर्न सफल भएका हुन् । यो अवधिमा १४ वटा कम्पनीले २ लाख ४१ हजार १४२ वटा बीमा लेख जारी गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार असार महिनामा १४ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ८४ करोड १३ लाख ८० हजार रुपैयाँको व्यवसाय गरेका छन् । जबकी जेठ महिनामा निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४५ करोड ५० लाख ९६ हजार रुपैयाँको व्यवसाय गरेका थिए ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार असार महिनामा शिखर इन्स्योरेन्सले सबैभन्दा बढीको व्यवसाय गरेको छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको रहेको छ । यो अवधिमा शिखर इन्स्योरेन्सको व्यवसाय ५७ करोड ३५ लाखको रहेको छ भने राष्ट्रिय बीमा कम्पनीको ६ करोड २५ लाख मात्रै रहेको छ ।

शिखर इन्स्योरेन्सले असार महिनामा ५७ करोड ३५ लाख ६२ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले असार महिनामा ३१ हजार ४२५ बीमालेख जारी गरेको छ । त्यस्तै दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले असार महिनामा ५० करोड ८५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले असार महिनामा २३ हजार ४४० बीमालेख जारी गरेर ५० करोड बढीको व्यवसाय गरेको हो । असार महिनामा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीको तेस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले असार महिनामा ४९ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा कम्पनीले २३ हजार ७१३ बीमालेख जारी बिक्री गरेको छ ।

त्यस्तै असार महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४८ करोड ७१ लाखको व्यवसाय गर्न सफल भएको छ । असार महिनामा यो कम्पनीले २० हजार ४८५ वटा बीमालेख जारी गरेको छ । त्यस्तै असार महिनाममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १८ हजार २३२ बीमालेख जारी गरेर ४३ करोड ७३ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ४ हजार ९० बीमालेख मार्फत ४० करोड ६२ लाख रुपैयाँको व्यवासय गरेको छ ।

असार महिनामा सानीमा जिआईसी इन्स्योरेन्सले १० हजार ४५९ बीमालेख मार्फत ४० करोड १६ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले १५ हजार ७०८ बीमालेखबाट ३४ करोड २ लाख र एनएलजी इन्स्योरेन्सले १६ हजार ६५७ बीमालेख जारी गरेर २९ करोड १८ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै असार महिनामा नेको इन्स्योरेन्सले २५ करोड ७२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले २१ हजार ६२१ वटा बीमालेख जारी गरेको छ । प्रभु इन्स्योरेन्सले यो अवधिमा १० हजार ९७५ बीमालेख बिक्री गरेर २१ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले १६ हजार ३८७ बीमालेख मार्फत १८ करोड ८१ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले २ हजार ३५४ बीमालेख मार्फत १७ करोड ९१ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

असार महिनामा सबैभन्दा कम व्यवसाय गर्ने राष्ट्रिय बीमा कम्पनीले ६ करोड २५ करोडको व्यवसाय गरेको छ । यो कम्पनीले असार महिनामा २५ हजार ५९६ वटा बीमा लेख जारी गरेको छ ।

रकमको आधारमा सबैभन्दा पछि परे पनि बीमालेख संख्याको आधारमा राष्ट्रिय बीमा कम्पनीले दोस्रो स्थानमा रहेको छ । बीमालेख संख्याको आधारमा पनि शिखर इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ । धेरै बीमालेख जारी गर्ने कम्पनीको तेस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal