Skip to content
Prabhu

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार रुपैयाँ, ब्याज ६ करोड ९२ लाख ९२ हजार रुपैयाँ, स्वास्थ्य सेवातर्फ ३ करोड ९२ लाख ८८ हजार रुपैयाँ, घर बहालतर्फ १ करोड ९२ लाख ८४ हजार र अन्य २ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

अर्घाखाँची सिमेन्ट
Hyundai

आव २०८०र८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । आव २०७९र८० को तुलनमा गत आवमा कम राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

आव २०७९र८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र ३६ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो ।

खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तशुल्कको सङ्कलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए । ‘जिल्लामा राजस्व सङ्कलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन’, उनले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्