Skip to content
Prabhu

जुलाई महिनामा ६४ हजार ६ सय पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२४ को जुलाई महिनामा नेपालमा ६४ हजार ५ सय ९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो महिना नेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी सार्क मुलुकका २७ हजार २ सय १२ पर्यटक छन् ।

त्यस्तै, एसियाभित्रका सार्क बाहेकका मुलुकबाट ११ हजार ९ सय १ जना, युरोपबाट ९ हजार २ सय ८०, ओसिनिया मुलुकबाट २ हजार ३८ जना अमेरिकन मुलका ८ हजार ८ सय ६८ जना र मध्यपूर्वका देशहरूबाट ४ हजार ८ सय ५७ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

यो अवधिमा सार्क राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको संख्या २७ हजार २१२ जना रहेको छ । जसमा भारतीय पर्यटकको संख्या उल्लेखनीय रहेको छ । सबैभन्दा धेरै भारतीय पर्यटक २१ हजार ४ सय ९० जना नेपाल आउँदा सार्कराष्ट्रबाट सबैभन्दा थोरै श्रीलंकन पर्यटक ४ सय ८४ जना मात्रै नेपाल आएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal