Skip to content
Prabhu

सहकारी पीडितले काठमाडौंमा बनाए मुखमा टेप टाँसेर मानव साङ्लो

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज बिहीबार काठमाडौंको रत्नपार्कमा मानव साङ्लो प्रदर्शन गरेका छन् ।

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले आज रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मुखमा मास्क र कालोटेप लगाएर प्रदर्शनमा सहभागी पीडितहरूले बिरोध जनाएका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् ।

सरकार संवेदनशील नभएको उनीहरुको आरोप छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal