Skip to content
Prabhu

१ वर्षमा निर्जीवन लघु बीमाको व्यवसाय २९ करोड, असारमा मात्रै ५ करोड

काठमाडौं । निर्जीवन लघु बिमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा २९ करोड बढीको व्यवसाय गरेका छन् । ४ वटा निर्जीवन लघु बीमा कम्पनीले असार मसान्तसम्म २९ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

यो अवधिमा ४ कम्पनीले १ लाख २७ हजार १८२ बीमालेख जारी गर्दै २९ करोड बढीको व्यवसाय गर्न सफल भएका हुन । बीमा प्राधिकरणको तथ्यांक अनुसार ४ निर्जीवन बीमा कम्पनीले असार महिनामा मात्रै ५ करोड बढीको व्यवसाय गर्न सफल भएका छन् । असार महिनामा यी कम्पनीले २२ हजार ८८६ बीमालेख बिक्री गरेर ५ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

एक आर्थिक वर्षमा सबैभन्दा बढी व्यवसाय नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले १० करोड ३१ लाख ६६ हजार रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा कम्पनीले ४९ हजार ४७३ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षमा सबैभन्दा कम व्यवसाय ट्रस्ट माईक्रो इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले १३ हजार ८९२ बीमालेख जारी गरेर ३ करोड २७ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा प्रोट्रेक्टिभ माइक्रो इन्स्योरेन्सले ९ करोड बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले यो अवधिमा ३० हजार ४१० बीमालेख जारी गरेको छ । त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सको व्यवसाय गत वर्ष ६ करोड ८७ लाखको रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३३ हजार ४०७ बीमालेख जारी गरेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार असार महिनामा मात्रै नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ४७ लाखको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ६ हजार २७६ बीमालेख जारी गरेको छ । त्यस्तै असार महिनामा प्रोट्रेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ५१ लाख रुपैयाँ बराबरको ५ हजार २७५ बीमालेख बिक्री गरेको छ ।

असार महिनामा स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ५० लाख रुपैयाँको व्यवसाय गरेको छ। यो कम्पनीले असारमा ६ हजार ८१८ बीमालेख बिक्री गरेको छ । त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्सले असार महिनामा ४ हजार ५१७ बीमालेख बिक्रीबाट १ करोड ६ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal