Skip to content

सीपी खेतानले कार्ल्सबर्गको सेयर बेचेर १ खर्ब बुझे, डेनिस कम्पनीको भारत र नेपालमा कन्ट्रोल

nabil bank

काठमाडौं । सीपी खेतानले गोरखा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको सेयर बेचेर १ खर्ब रुपैयाँ बुझ्ने भएका छन्।  खेतान समूहले गोरखा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको सेयर डेनमार्कको कार्ल्सबर्ग समूहलाई बिक्री गरेको हो ।

खेतान समूहसँग गोरखा ब्रुअरीको ४३ प्रतिशत र कार्ल्सबर्गमा इन्डियामा ३३ प्रतिशत सेयर स्वामित्व रहेको थियो । कार्ल्सबर्गले आफ्नो साझेदार सीएसएपीएल (सिंगापुर) होल्डिङ्स प्रालिबाट कार्ल्सबर्ग साउथ एसिया प्रालि (सीएसएपीएल) मा बाँकी रहेको ३३.३३ प्रतिशत सेयर किन्ने सम्झौतामा हस्ताक्षर गरेसँगै कार्ल्सबर्गले ७४४ मिलियन अमेरिकी डलरमा उक्त सेयर किन्ने भएको हो ।

कार्ल्सबर्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेकब आरुप एन्डरसनले  विज्ञप्ति जारी गर्दै दुई महत्वपूर्ण एसियाली व्यवयायको हिस्सा प्राप्त गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘अब हामी यी दुवै बियर बजारमा दीर्घकालीन अवसर हेरेर लगानीलाई गति दिन सक्छौँ,’ उनले भने ।

खेतान समूहले गोरखा ब्रुअरी र भारतको काल्र्सबर्ग इन्डियामा रहेको उक्त स्वामित्व बिक्रीका लागि २०७९ साल माघ महिनामा नै प्रस्ताव गरेको थियो । कार्ल्सबर्गले खरिद गर्नुभन्दा पहिले गोरखा ब्रुअरीमा चार जना सेयरधनी थिए । १ अर्ब ३९ करोड ८९ लाख ७५ हजार चुक्ता पुँजी रहेको गोरखा ब्रुअरी सिंगापुरमा रहेको कम्पनी कार्ल्सबर्ग साउथ एसियाको ९० प्रतिशत अर्थात् १ अर्ब २५ करोड ९० लाख ७७ हजार ५०० रुपैयाँको सेयर छ ।

सेयर खरिद गरेसँगै डेनिस कम्पनीले भारत र नेपालमा नियन्त्रण कायम गर्ने भएको छ । कार्ल्सबर्गले भारतमा सतप्रतिशत र नेपालमा ९९.९४ प्रतिशत स्वामित्व हासिल गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime