Skip to content
Prabhu

शुक्रबारका लागि राष्ट्र बैंकले कुन विदेशी मुद्राको कति तोक्यो भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १० पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ १६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ रुपैयाँ ७७ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २५ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १० पैसा र बिक्रीदर १७ रुपैयाँ १८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २३ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal