Skip to content
Prabhu

सुनले कायम गर्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको हो । जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

आज सुन अघिल्लो दिनको भन्दा तोलामा ५०० रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४५७.३२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.८५ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal