Skip to content
Prabhu

४ मन्त्रीसहित कर्णाली सरकारमा गयो कांग्रेस, दैलेखका घनश्याम सामाजिक विकासमन्त्री

nabil

काठमाडौं । नेपाली कांग्रेस सांसद राजीवविक्रम शाहको नेतृत्वमा कर्णाली सरकारमा सहभागी बनेको छ । चार मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस कर्णाली सरकारमा गएको हो ।

कांग्रेसले कर्णाली सरकारमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिएर सरकारमा गएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी राजीवविक्रम शाहले गर्ने छन् । त्यस्तै दैलेखका प्रदेश सभा सदस्य घनश्याम भण्डारीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal