काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदमा आवेदन माग गरेको छ । लघुवित्तले केही संख्यामा अधिकृत, सहायक अधिकृत, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट माग गरेको हो ।
अधिकृत तहमा जागिर खान चाहानेको योग्यता बैंकिङ, वित्तलगायत विषयमा स्नातकोत्तर पूरा गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष कार्य अनुभव हुनुपर्ने छ । अधिकृत तहका लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ । महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने लघुवित्तले जनाएको छ ।
त्यस्तै सहायक अधिकृतका लागि कम्तीमा एक वर्षको कार्य अनुभव तथा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । सिनियर असिस्टेन्टका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई कम्तीमा दुई वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।
त्यस्तै जुनियर असिस्टेन्टका लागि एसएलसी एसईई सरह उत्तीर्ण गरी कम्तीमा ६ महिना काम गरेको अनुभव हुनुपर्ने छ । असिस्टेन्ट तहका लागि इच्छुक १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
एसइई उत्तीर्ण गरेर बसेका केही संख्या ट्रेनी असिसस्टेन्ट समेत लघुवित्तले मागेको छ । आवेदकबाट उनीहरूको छलफल, अन्तर्वार्ता र प्रस्तुतीकरण हेरेर छनोट गरिनेछ । मोटरसाइकल स्कुटर लाइसेन्स भएकाहरूलाई विशेष प्राथमिकता दिइने लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्