Skip to content

सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व संकलन

nabil bank

सिमकोट । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु. ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु. ६८ लाख मात्रै सङ्कलन भएको जानकारी दिनुभयो । यहाँ आव २०७९/८० मा रु. ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा करिब रु. ४३ लाखसम्म मात्रै सङ्कलन भएको थियो। दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए ।

घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नवीरकण, वडाका सम्पूर्ण सिफारिसलगायतबाट राजस्व उठेको र चालु आवमा थप राजस्व वृद्धि गर्न चुहावट भएका क्षेत्र पहिचान गरी कडाइका साथ काम गर्ने जनाएको छ ।

यस्तै पालिकामा आर्थिक २०७९/८० भन्दा २०८०/८१ मा कम बजेट फ्रिज भएको छ । आर्थिक २०७९/८० मा रु चार करोड बढी बजेट फ्रिज भएकामा गत आवमा झण्डै साढे दुई करोड बजेट फ्रिज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi