Skip to content
Prabhu

२८ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा,खराब कर्जा बढेर ४ प्रतिशत माथि,लाभांश क्षमता ४.३४ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले नाफा घटाएको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमा सबैभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गर्नेमा सिटिजन्स बैंक भएको छ ।

बैैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षममा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा करिब २८ प्रतिशलते नाफा घटेको हो ।

अघिल्लो आर्थिक वर्षको बैंकले १ अर्ब ८६ करोड नाफा गरेको थियो ।

बैंकको ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा केही घटेको छ भने नोक्सानीको छुट्टाउनुपर्ने रकम बढेको छ । बैंकले गतवर्ष ५ अर्ब ६८ करोड ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ८२ करोड थियो । कमिसनबाट आउने आम्दानी भने सिटिजन्सले बढाएको छ । गतवर्ष १ अर्ब १२ करोड गरेको छ । जुन अघिल्लो वर्ष ८७ करोड थियो ।

बैंकले नोक्सानीको लागि कमाएको नाफाबाट १ अर्ब ७४ करोड राखेको छ । अघिल्लो वर्ष १ अर्ब २१ करोड थियो ।

बैंकको प्रतिसेयर आम्दानी ९.४५ छ । अघिल्लो वर्ष १३ रुपैयाँ १२ पैसा थियो । ८१.८४ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको बैंकको खराब कर्जा ४ प्रतिशतबाट माथि लागेको छ । अघिल्लो वर्ष ३.३९ प्रतिशत रहेको खराब कर्जा अहिले ४.०७ प्रतिशत रहेको छ । बैंकको पुँजीकोष अनुपात १३.१३ प्रतिशत छ भने स्प्रेडदर ३.९९ प्रतिशत छ ।

बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ४.३४ प्रतिशत प्रतिफल बाँड्न सक्छ । राष्ट्र बैंकले असारमा नउठेको ब्याज साउन मसान्तमा उठेपनि गतवर्षको नाफाबाट जोड्न मिल्ने दिएको हुँदा वार्षिक वित्तीय विवरण लेखापरिक्षण भएर आउदा लाभांश क्षमता फरक पर्न सक्ने छ ।

असार मसान्तसम्म बैंकले १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५३ अर्ब कर्जा दिएको छ । गतवर्षको असार मसान्तमा बैंकमा १ खर्ब ६८ अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब ३९ अर्ब थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal