Skip to content
Prabhu

सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व संकलन

सिमकोट । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६८ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु. ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु. ६८ लाख मात्रै सङ्कलन भएको जानकारी दिनुभयो । यहाँ आव २०७९/८० मा रु. ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा करिब रु. ४३ लाखसम्म मात्रै सङ्कलन भएको थियो। दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए ।

घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नवीरकण, वडाका सम्पूर्ण सिफारिसलगायतबाट राजस्व उठेको र चालु आवमा थप राजस्व वृद्धि गर्न चुहावट भएका क्षेत्र पहिचान गरी कडाइका साथ काम गर्ने जनाएको छ ।

यस्तै पालिकामा आर्थिक २०७९/८० भन्दा २०८०/८१ मा कम बजेट फ्रिज भएको छ । आर्थिक २०७९/८० मा रु चार करोड बढी बजेट फ्रिज भएकामा गत आवमा झण्डै साढे दुई करोड बजेट फ्रिज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal