Skip to content

आइएमई लाइफको ‘बिजनेस एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न, उत्कृष्ट ३ सय जना एजेन्सी सम्मानित

nabil bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बिजनेस एक्सलेन्स अवार्ड २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यही साउन २० गते शनिबारको दिन सोल्टी होटलमा भव्य रुपले कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको व्यवसाय वृद्धिमा अहम भूमिका निर्वाह गरेका अभिकर्ताहरुको सम्मान स्वरुज आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय जना एजेन्सीहरुलाई विभिन्न अवार्डसहित सम्मान गरेको हो । कम्पनीले देशैभरीबाट विभिन्न बिधामा सर्बोत्कृष्ट बीमा व्यवसाय गरेका ३ सय जना एजेन्सीहरुलाई सम्मान गरेको छ ।

जसमा गत आर्थिक वर्षको टिम बिजेनेश, व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न र सबैभन्दा बढी पोलिसी बिक्री गर्न सफल एजेन्सीहरुलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा व्यक्तिगत कोडबाट गेल्मु लामा र टिम बिजनेशबाट नगेन्द्र कुमार श्रेष्ठ सर्बोत्कृष्ट हुन सफल भएका छन् ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुयालले अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनीको वित्तीय विवरण पनि बलियो बन्दै गएको बताएका छन् । उनले बीमा व्यवसायमा अभिकर्ताहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई सम्मान र हौसला दिन आवश्यक रहेको बताए ।

 

साथै, आइएमई समूहका संस्थापक लगानीकर्ता हेमराज ढकालले नेपालमा बीमा कम्पनीहरुको व्यवसाय राम्रो रहेको बताए । ‘नेपाली बीमा क्षेत्रमा नागरिकहरुको पहिलो रोजाई बन्न आइएमई लाइफ तयार रहेको छ । अब कसैले जीवन बीमा गर्ने सोच बनाउदा पहिला आइएमई लाइफलाई सम्झिने वातावरण सिर्जना गर्नुपर्ने छ,’ उनले भने ।

कम्पनीमा प्रवेश गरेको केही अवधिमा नै हजारौं अभिकर्ताहरुलाई सक्रिय बनाई बीमा व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले बीमा विस्तार अन्तर्गत अबको १० वर्षको अवधिमा साउथ एसियामा नै नेपाल अग्रस्थानमा रहने सम्भावना रहेको बताए । उनले अभिकर्ताहरुलाई हौसला प्रदान गर्नुका साथै उनीहरुको दक्षता अभिवृद्धि गर्न विभिन्न मोटिभेसनल तालिमहरुमा पनि जोड दिएका छन् ।

कार्यक्रममा देशैभरीबाट विभिन्न विधामा सम्पन्न भएका ३०० जना एजेन्सी, सञ्चालक समिति अध्यक्ष, सञ्चालकहरु, ब्राण्ड एम्बेस्डर दिपक राज गिरी र दीपा श्री निरौला, कम्पनीका कार्यकारी अधिकृत कबि फुयाललगायतको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime