Skip to content

आईपीओ जारी गर्दै श्रीनगर एग्रिटेक इन्डष्ट्रिज

काठमाडौं । श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ ४ गतेका लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले विशेष साधारण सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको हो ।

कम्पनीको पुँजी संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधरणमा जारी गरिने भनी छुट्ट्याइएको सेयरहरुलाई संशोधन गरी प्रिमियम वा अकिंत मूल्यमा प्रारम्भक वा सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव रहेको छ ।

यस्तै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा सभामा छलफल हुनेछ । कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्तावबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा प्रस्ताप रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life