Skip to content
Prabhu

घरबारबिहीनका लागि समस्या बन्यो पेरिस ओलम्पिक

एजेन्सी  । पेरिस ओलम्पिकको लक्ष्य केवल खेलको उत्सव मनाउनु हो । तर घरेलु सहरका लागि स्थिरता र पुनःविकासको अवसर पनि हो । पेरिसमा  खेल चलिरहँदा सामाजिक कार्यकर्ताहरुले भने सरकारले घरबारबिहीन मानिस र आप्रवासीहरूलाई शहरका गल्लीबाट टाढा वा फ्रान्सका अन्य क्षेत्रहरूमा स्थानान्तरण गर्दै गरेको आरोप लगाउँदै विरोध सुरु गरेका छन् ।
पेरिसमा एक नहरको पुलमुनि दर्जनौं विशाल र काँटेदार कंक्रिटका ब्यारिकेड राखिएका छन् । सामाजिक र मानवीय मामिलामा निःशुल्क कानूनी सहायता प्रदान गर्ने समूह पेरिस सोलिडारिटी बार लिगल एड्भोकेसी समूहकी ओरलिया हुओट अब सडकहरुमा कोही हुने छैन भन्छिन् ।
ओरलियाले पुलमुनिका कंक्रिट ब्यारिकेडतर्फ संकेत गर्दै भन्छिन्, “तपाईं यी पुलमुनि यी अवरोधहरू देख्न सक्नुहुन्छ । यहाँ प्रहरी आउँछ, गस्ती गर्छ ताकि आप्रवासीहरू यहाँ फेरि आउन नसकून् र आफ्नो क्याम्पहरू फेरि बनाउन नसकून् ।”
ओलम्पिक खेलको उद्घाटनको एक हप्ता अगाडि यहाँबाट घरबारबिहीनहरुलाई हटाइएको थियो । पेरिसमा ओलम्पिकको सुरु हुनुको केही महिनाअघि यस प्रकारका क्याम्पसहरुलाई खाली गराइएको थियो ।
कार्यवाही नराम्रो सपना जस्तै 
फारिस अल खली यूसुफ राजनीतिक उत्पीडनको कारण आफ्नो देश चाड छोडेर फ्रान्स आएका थिए र उनी यो कारवाहीबाट प्रभावित भएका छन् । यूसुफले भन्छन्, “हामी ओलम्पिक भिलेजबाट केही सय मिटरको दूरीमा रहेको भवनमा करिब पाँच सय अन्य मानिसहरूसँग बसिरहेका थियौं, जुन प्रहरीद्वारा अप्रिलमा खाली गराइएको थियो । भवन खाली गराउँदा त्यहाँ बस्ने मानिसहरूलाई पेरिसमा वा टाढा तुलूज शहरमा अस्थायी रूपमा बसाल्ने वाचा गरिएको थियो ।”
यूसुफ यसलाई शरणार्थीहरूका लागि नराम्रो सपना जस्तो भन्छन् । उनले भने, “यो समस्या हामीले भोगेरहेका छौँ । मेट्रो टिकट किन्ने बेलामा पनि उनीहरूलाई रोक्न थालिएको छ र डिटेन्शन सेन्टर पठाइन्छ । शरणार्थीहरूमा एक प्रकारको दबाब छ ।”
एक्टिभिस्ट पॉल अलाउजेका अनुसार नहरबाट केही मिनेटको दूरीमा रहेको पुलमुनि अर्को आप्रवासी क्याम्पलाई खाली गराइएको थियो र त्यहाँ पक्की अवरोध राखिएका थिए । उनले भने, “यो धेरै वर्षसम्म एक टेन्ट सिटी जस्तो थियो । तीन वर्षदेखि मानिसहरू त्यहाँ बसिरहेका थिए ।  हरेक ठाउँमा टेन्ट थियो जहाँ कहिले सय, कहिले दुई सय मानिसहरू बसिरहेका थिए ।”
पॉल अलाउजे फ्रान्सेली समूह ‘ले रेवर्स डे ला मेडेल’ का लागि काम गर्छन् । ‘ले रेवर्स डे ला मेडेल’ को मतलब ‘तस्वीरको अर्को पाटो पनि’ हुन्छ । उनको भनाइमा ओलम्पिक खेलका लागि करिब १३ हजार आप्रवासीहरूलाई फ्रान्सका गल्लीहरूबाट हटाइएको छ। एक्टिभिस्टहरूका अनुसार, यो सरकारको लामो अवधिको योजना थियो, ओलम्पिक खेलहरू नजिकिदै जाँदा यसमा तीव्रता आएको हो । यद्यपि प्रशासनले हटाइएका मानिसहरूलाई बस्नका लागि ठाउँ उपलब्ध गराइरहेको छ, तर ती अस्थायी छन् वा पेरिसबाट धेरै टाढा अन्य क्षेत्रमा छन् ।
उनका अनुसार पेरिसमा विकसित भइसकेका ठूला आप्रवासी समूहहरूबाट टाढा यी मानिसहरूलाई आफ्नो आवश्यक सामग्री र स्वास्थ्य सुविधाहरूका लागि संघर्ष गर्नुपर्छ र अन्तमा उनीहरू राजधानीको सडकमा पुग्छन् ।
प्रशासनको के भनाइ छ ?
यस्तै गुनासाहरू पहिले भएका ओलम्पिक खेलहरूमा पनि देखा परेका थिए । जापानको टोकियोमा एउटा पार्क नै खाली गराइएको थियो जहाँ घरबारबिहीनहरु सुत्थे। त्यसैगरी, रियो डी जेनेरियोमा पनि झोपडी बस्तीहरूलाई खाली गराइएको थियो ।
पेरिसकी मेयर एने हिडाल्गोले ओलम्पिक अगाडि घरबारबिहीनलाई सहयोग गर्नु प्राथमिकता हो भनेका छन् । पेरिसका अधिकारीहरूको भनाइमा, मानिसहरूको जीवन सुधार्न गल्लीहरूबाट मानिसहरूलाई हटाउनु महत्त्वपूर्ण छ । मेयर एने हिडाल्गोले भने, “म पनि चाहन्छु र बेघरहरूलाई घर दिलाउनु ती विषयहरूमा हो जसमा हामी सरकारसँग छलफल गर्दैछौं । मेरो बुझाइमा वित्तीय स्रोतहरू यसमा बाधा पु¥याइरहेका छन् जसको समाधान सरकारले गर्न सक्छ ।”
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal